मल्टिस्टारर चलचित्र ‘महाभोज’ रिलिज


दिनेश राउतको निर्देशनमा तयार भएको चलचित्र ‘महाभोज’ देशभरका चलचित्र हलहरूमा प्रदर्शनमा आएको छ । लभ स्टोरी जनराका चलचित्रबाट सामाजिक बिषयबस्तुमा आफुलाई मोडेका निर्देशक राउतको ब्राण्ड भ्यालु आकर्षक रहेको छ। एकपछि अर्को चलचित्रमा सफलता हासिल गरेका राउतको यो चलचित्रलाई पनि बिशेष रुपमा हेरिएको छ। सहकारी पिडितको मुद्धालाई सटिक ढंगले प्रस्तुत गरिएको चलचित्रका प्रिमियर शोहरुले उत्कृष्ट प्रतिक्रिया पाइरहेका छन्।

चलचित्रले करिब २०० शोसहित सार्वजनिक प्रदर्शनको सुरुवात गरेको हो । दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, र गौमाया गुरुङको मुख्य भूमिका रहेको यो चलचित्रले दर्शकमाझ राम्रो प्रभाव पार्ने अपेक्षा गरिएको छ।

काठमाडौं उपत्यका बाहिरका प्रिमियर शोहरूमा कलाकारहरू आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महतका साथै निर्देशक दिनेश राउत पनि उपस्थित थिए । चलचित्र युनिटले प्रिमियरबाट प्राप्त दर्शकको प्रतिक्रियाले आफूहरू निकै उत्साहित भएको बताएको छ । ‘महाभोज’ क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुतिमा बनेको चलचित्र हो । यसका निर्माता हिमाल कडरिया हुन् ।

प्रतिक्रिया दिनुहोस्