‘आ बाट आमा’मा प्रदीप रावत अनुबन्ध , पलको बुबाको भुमिका गर्दै
तेलुगु, हिन्दी र तमिलका अभिनेता प्रदीप रावत नेपाली चलचित्र ‘आ बाट आमा’मा अनुबन्ध भएका छन्। चन्द्र पन्तको निर्देशनमा बन्न लागेको चलचित्र रावत अनुबन्ध भएका हुन्। निर्देशक पन्तले भने,‘आ बाट आमा’ मा प्रदीप रावतलाई अनुबन्ध गरेका छौ। उहाँ यो चलचित्रमा पल शाहको बुबाको भुमिकामा हुनुहुने छ। नितान्त नेपाली लोकमा नेपाली स्टायलको भुमिका निवार्ह गर्दै हुनुुहन्छ।’ अभिनेता रावतले यसअघि ‘ह्रस्व दीर्घ’मा अभिनय गरेका थिए। जसमा अभिनेत्री नीता ढुङगानाको बुबाको भुमिका निर्वाह गरेका थिए।

चलचित्रमा यसअघि विपना थापा,पल शाह अनुबन्ध भइसकेका छन्। चन्द्र पन्तकै निर्देशनमा बनेको चलचित्र ‘ह्रस्वदीर्घ’बाट विपनाले १६ वर्षपछि नेपाली रजतपटमा पुनरागमन गरेकी थिइन्। उनै निर्देशक पन्तको दोस्रो फिल्ममा पनि सहकार्य गर्न लागेकी हुन्।
चलचित्रको स्क्रिप्ट अभिमन्यू निरवीले तयार पारेका हुन भने भदौबाट फ्लोरमा तयारी निर्माण पक्षको छ। चलचित्रमा प्रदीप,विपना र पलका साथमा अन्य कलाकारहरुलाई निर्माण पक्षले अनुबन्ध गर्ने काम गरिरहेको छ। अन्य कलाकार र प्राविधिकको पनि टुंगो छिट्टै लाग्ने निर्देशक पन्तको भनाई छ। थिम पोस्टर दुई साता अघि सार्वजनिक भएको थियो। चलचित्र आगामी फागुन १५ गतेबाट प्रदर्शनमा आउने छ।