नेपाली चलचित्रमा डेव्यु गर्दै जापानीज नायिका रजेल इचिमिया
निर्देशक कृषा चौलागाइले नयाँ चलचित्र ‘जहाजैमा’मा हाल प्रि–प्रोडक्सनको काममा रेहेको छ। जापान पुगेर केहि समय अगाडी कृषाले निर्देशकको रुपमा सम्झौता गरेको यो चलचित्रलाई पुरुषोत्तम प्रधानले छायांकन गर्नेछन्। अब चलचित्रको निर्माण टिमले कलाकार सार्वजनिक गर्दै गएको छ। पहिलो कलाकारको रुपमा जापानीज नायिका रजेल इचिमियाले काम गर्ने पक्का भएको छ। निर्माण टिमले कृषा जापान पुगेको बेला रजेलसंग काम गर्ने सम्झौता भएको थियो।

निर्माण टिमले सार्वजनिक गरेको पोष्टरमा सफा हिउँले भरिएको दृश्य, पारदर्शी छातामुनी उभिएकी रजेलको शालिनता र सुन्दरता छल्किएको छ । सार्वजनिक पोष्टर हेर्दा यो चलचित्र नेपाल र जापानविचको भावनात्मक पुलको रुपमा अगाडि आउने विश्वास गर्न सकिन्छ ।
निर्देशक चौलागाइले यसपटक चलचित्रमा जापानकी नायिकालाई नेपाली कथामा मिसाउनु चुनौतीपुर्ण भएपनि रोचक हुने बताइन् । यो चलचित्रलाई यूएनए प्रोडक्सनको व्यानरमा उज्ज्वल गुरागाँइले निर्माण गर्दैछन् । चलचित्रले नेपाल–जापानको सम्बन्ध, प्रेम, सपना र संघर्षको कथा भन्ने उज्ज्वलको भनाई छ ।
चलचित्रमा जापानीज नायिका हुने पक्का भएपनि नायक कुन देशका हुनेछन् भन्ने खुलाइएको छैन । निर्देशक चौलागाइले हाल नायक फाइनल गर्ने प्रक्रियामा नै आफूहरु रहेको बताइन् ।
रजेल जापनमा सक्रिय रुपमा काम गरिरहेकी नायिका तथा मोडल हुन् । उनलाई नेपाली चलचित्रमा भित्राउनु आफैमा नयाँपन हो । चलचित्रलाई सन् २०२६ मा रिलिज गर्ने तयारी गरिएको छ ।