‘रङ डेस्टिनेशन २’ को पहिलो गीत ‘ब्रेक डान्स’ सार्वजनिक
सिमा गुरुङको निर्देशनमा तयार भएको चलचित्र ‘रङ डेस्टिनेशन २’ को पहिलो गीत ‘ब्रेक डान्स’ सार्वजनिक भएको छ । गायिका समिक्षा अधिकारी र गायक ओम सुनारको स्वर रहेको रोमान्टिक गीतमा सङ्गीत पनि गायक सुनारकै छ । गीतमा शब्द मुना शाहको रहेको छ ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार आयशा तामाङ र किरण श्रेष्ठ देखिएका छन् । गीतको भिडियोमा कोरियोग्राफी रोशनी थापा मगरले गरेकी हुन् ।
फुलमुन मोसन फिक्चर्स प्रालीको ब्यानरमा निर्माण भएको चलचित्र हरर र थ्रिलर कथामा निर्माण भएको हो । किरण श्रेष्ठ, आयशा तामाङ, कालु राणा, आकी थेक्पा, सुगन तन्दुकर, उज्वल, सञ्जय थापा, सकल रेग्मी लगायतका कलाकारहरू चलचित्रमा छन् ।
चलचित्र कार्यकारी निर्माता सुगन तन्दुकर हुन् भने निर्माता समाइरा तन्दुकार र शर्मिला लामा रहेका छन् । चलचित्रको प्रदर्शन मिति भने तय गर्न बाँकी रहेको छ । चलचित्रममा सञ्जय थापाको द्धन्द्ध, रणधीर श्रेष्ठको छायाङ्कन र बनिश शाहको सम्पादन छ ।