रोशनको स्वरमा ३५ बर्ष पुरानो गीत ‘धोका दियौ तिमीले’ को नयाँ भर्सन
लोकप्रिय गीत ‘धोका दियौ तिमीले’ नयाँ भर्सनमा द भ्वाईस अफ नेपाल सिजन ६ का फस्ट रनरअप रोशन राईको स्वरमा सार्वजनिक भएको छ । लुङ्टो क्रियशनको प्रस्तुती रहेको गीतलाई लुङ्टो क्रियशन युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

३५ वर्ष अगाडी सार्वजनिक भएको ‘धोका दियौ तिमीले’ गीतलाई प्राज्ञ, वरिष्ठ संगीतकार शान्तिराम राईले संगीत गरेका हुन् । यो गीतमा गीतकार बुद्धवीर लामाको शब्द रहेको छ । ३५ वर्ष पुरानो मेल भर्सनमा सरोज कुमार श्रेष्ठको स्वर रहेको थियो भने फिमेल भर्सनमा गायिका सुक्मित गुरुङको स्वर रहेको थियो । अमर श्रष्ठा स्व. विक्रम राई प्रती समर्पित गीतको एडिसनल संगीत विक्रमले नै गरेका हुन् । जहा चर्चित गायिका मेलिना राईको स्वर रहेको छ ।
निर्देशक राजेश पुमा राईले निर्देशन गरेको म्युजिक भिडियोमा एक प्रेमिल जोडीको विछोड र धोकाको कथा देखाइएको छ । गीतको भाव अनुसार बनेको म्युजिक भिडियोमा चर्चित अभिनेत्री केकी अधिकारी र गायक स्वयम रोशनको अभिनय देख्न सकिन्छ ।
भ्वाईस अफ नेपाल सिजन ६ बाट चर्चामा आएका रोशनले ०६० सालमा पहिलो गीत रेकर्ड गरेका थिए । अहिले सम्म १ हजार बढी गीतहरु गाइसकेका रोशनको ४ एल्बमहरु दर्शक, श्रोताहरुमाझ ल्याईसकेका छन् ।