‘अन्जिला’ ले पार गर्यो प्रदर्शनको सय दिन
मिलन चाम्स निर्देशित चलचित्र ‘अन्जिला’ ले प्रदर्शनको सय दिन पार गरेको छ। राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवन संघर्षमा आधारित रहेर बनेको चलचित्रले शुक्रबार प्रदर्शनको सय दिने यात्रा पूरा गरेको हो ।

चलचित्र काठमाडौंको क्यूएफएक्स चेनको सामाखुसीस्थित सिटी स्क्वायर मल, काठमाडौंकै कीर्तिपुर सिनेप्लेक्स, इटहरीको इलाइट हल, बिर्तामोडको पाथीभरा सिनेप्लाजा, चितवन पर्सा बजारको म्याङ्गो जनज्योति सिनेमा र विराटनगरको सेन्ट्रल मल्टीप्लेक्समा प्रदर्शन भइरहेको छ । चलचित्रले १२ करोड बराबरको कलेक्सन गरेको निर्माण टिमले जानकारी दिएको छ।
फागुन २९ गतेबाट प्रदर्शनमा आएको चलचित्रले उत्कृष्ट वर्ड अफ माउथ पाएको थियो। कप्तान एन्जिला आफैँ मुख्य भूमिकामा रहेको चलचित्रमा दयाहाङ राई, सिर्जना सुब्बा, विजय बराल, माओत्से गुरुङ, प्रेमकुमार श्रेष्ठ लगायतको अभिनय रहेको छ । यसका निर्माता प्रेमकुमार श्रेष्ठ हुन् ।