‘झिंगे दाउ २’ मा केकी अधिकारी र आंचल शर्मा
सफल चलचित्र ‘झिंगे दाउ’ को सिक्वेल निर्माणको घोषणा निर्देशक ज्ञानेन्द्र देउजाले केहि समय अगाडी नै गरिसकेका छन्। ‘झिंगे दाउ २’ मा पहिलो सिक्वेलका कलाकार संगै केहि नयाँ कलाकार पनि रहने बताइएको छ। चलचित्रका लागी अभिनेत्री केकी अधिकारी र आंचल शर्माले सम्झौता गरेका छन्।

अभिनेता मुकुल भुषालले पनि चलचित्रमा काम गर्ने पक्का भैसकेको छ । यतिबेला चलचित्रको लोकेसन र कथाको काम भैरहेको छ। दशैँपछि चलचित्रको छायांकनको तयारी रहेको छ । ‘झिंगे दाउ’ जहाँ सकिएको थियो, सोही ठाउँबाट यसको सिक्वेलको उठान गरिनेछ ।