खगेन्द्र र बर्षाको ‘हर्ष’ मङ्सिरमा आउने


खगेन्द्र लामिछाने र बर्षा राउत प्रमुख भूमिकामा रहेको चलचित्र ‘हर्ष’ को टाइटल भिडियो र प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार सार्वजनिक टाइटल भिडियोमा चलचित्र मंसिर १२ गतेबाट प्रदर्शनमा आउने जानकारी दिइएको हो ।

निर्देशक एकता पौडेलले टाइटल भिडियोको सुरुवातमा नै चलचित्र स्वर्गिय निर्देशक शिव रेग्मी मामाप्रति समर्पित रहेको उल्लेख गरेकी छन् । निर्देशक पौडेल स्वर्गिय निर्देशक शिव रेग्मीकी भान्जी हुन् । उनले न्यूयोर्क फिल्म एकेडेमीमा चलचित्र मेकिङ अध्ययन तथा आमसंचारमा स्नातक गरेकी छन् । व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी निर्देशक पौडेलले यसअघि केही छोटा चलचित्रहरु समेत निर्माण गरिसकेकी छन् ।

चितवनमा छायांकन गरिएको चलचित्रमा खगेन्द्र लामिछाने, वर्षा राउत, निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन तथा संगीता नापितको अभिनय छ ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रको कथा स्वयं निर्देशक पौडेलले लेखेकी हुन् । पारिवारिक सामाजिक कथा पस्किने चलचित्रमा आलोक शुक्लाको छयांकन, समीर/हिमाल, वसन्त सापकोटा तथा एलिश कार्कीको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी रहेको छ ।

प्रशन्न पौडेल र विकास पौडेल निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा हिक्मत चोखल रहेका छन् । चलचित्रमा स्वर्गिय शिव रेग्मी, डाक्टर कृष्णहरी बराल, पवित्रा घिमिरे, नीरकमल खड्काको शब्द रचना, कुलदीप अधिकारी मुख्य सहायक निर्देशक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्