‘जहाजैमा’ केदार घिमिरे अनुबन्धित


अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ को नेपाली चलचित्र बजारमा क्रेज र डिमाण्ड दुवै लोभलाग्दो रहेको छ । महँगो पारिश्रमिक लिएर उनि लगातार एकपछि अर्को चलचित्रमा काम गरिरहेका छन्। उनले एक बर्षको अन्तरमा तीन चलचित्रको छायांकन सम्पन्न गरे।

‘जेरी अन टप’, ‘माग्ने राजा’ र ‘माइतीघर’ को छायांकन सकेका केदार नयाँ चलचित्र ‘जहाजैमा’मा अनुबन्धित भएका छन् । कृषा चौलागाईको निर्देशनमा बन्ने चलचित्रका निर्माता उज्ज्वल गुरागाई हुन्। उज्ज्वल र केदार बीच बिहिबार कागजी सम्झौता भएको छ । केदार केन्द्रिय भूमिकामा रहने बुझिएको छ।

महँगो पारिश्रमिक लिने कलाकारमा गनिएका केदारले यसमा कति लिए भन्ने कुरा खुलाइएको छैन। यो चलचित्रमा यसअघि फिलिपिनी मुलकी जापानी अभिनेत्री रजेल इचिमिया अनुबन्धित भइसकेकी छन् । भदौ अन्तिमबाट छायांकन सुरु गरिएन चलचित्र यूएनए प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको छ। नेपाल–जापानको सम्बन्ध, प्रेम, सपना र संघर्षको कथा भन्ने चलचित्रको छायांकन नेपाल, जापान र फिलिपिन्समा हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्