सरोज र सुयोगले ‘घोस्टल बनाउदै


अनन्या फिल्मस्को व्यानरमा निर्माण हुन लागेको चलचित्र ‘घोस्टेल’ को घोषणा भएको छ। निर्माण टिमले थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरेको हो। हरर कमेडी जनरामा निर्माण हुने चलचित्रको रिलिज लक्ष्य २०२६ लाई राखिएको छ।

‘जब त्रासले हाँसो भेट्छ’ भन्ने थिममा निर्माण लागेको चलचित्रलाई ‘जेरी अन टप’ का निर्माता सरोज न्यौपाने र निर्देशक सुयोग गुरुङले स्मयुक्त रुपमा निर्माण गर्दैछन्। चलचित्रमा नाम चलेका कलाकार रहने बताइएको छ । सुरज सुनुवारको निर्देशनमा चलचित्र तयार हुँदैछ।

प्रतिक्रिया दिनुहोस्