रामकृष्ण ढकालको ‘मालती मंगले’मा विजय बराल र बर्षा राउतको जोडी
रामकृष्ण ढकालको लगानीमा तयार हुने चलचित्र ‘मालती मंगले’मा मुख्य कलाकारहरू फाइनल भएका छन्। चलचित्रमा विजय बराल र बर्षा राउतको जोडी दर्शकले हेर्न पाउनेछन्।

रानी म्युजिक इन्टरनेशनल प्रा.लिको व्यानरमा निर्माण हुन लागेको चलचित्रलाई प्रकु पाण्डेयले निर्देशन गर्दैछन्। चलचित्रमा संयोग गुरागाँईको पटकथा तथा संवाद, निर्देशक पाण्डेयको कथा छ । सागर ज्ञवाली कार्यकारी निर्माता रहेको चलचित्रमा महेश पौडेलको डीओपी, रोमी तण्डुकारको सम्पादन, राजनराज सिवाकोटीको संगीत रहनेछ ।
भदौबाट ४० दिनको सेड्युल लिएर छायांकनमा जाने तयारीमा रहेको चलचित्रका लागी विजय र बर्षाले ३ महिनाको समय दिन बुझिएको छ । यहि बर्ष चलचित्र रिलिज गर्ने तयारीमा निर्माण टिम रहेको छ ।