‘जहाजैमा’ मा सौगात मल्लको प्रवेश


चलचित्र ‘जहाजैमा’ मा अभिनेता सौगात मल्लको प्रवेश भएको छ। कृषा चौलागाईको निर्देशनमा तयार हुने चलचित्रमा केही दिनअघि हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा) र जापानी अभिनेत्री रजेल इचिमिया अनुबन्धित भएका थिए । सौगातले निर्माता उज्जवल गुरागाईँसंग कागजी सम्झौता गरिसकेका छन्।

निर्देशक कृषा र सौगातले चलचित्र ‘पिताम्बर’ मा सहकार्य गरिसकेका छन्। पहिलो सहकार्यमा सौगातको अभिनयको प्रसंसा भएको थियो। दोश्रो सहकार्य पनि उत्कृष्ट बनाउने तयारीमा निर्माण टिम लागेको छ। चलचित्रमा अझै अहिले चल्तीमा रहेका कलाकार अनुबन्ध गर्ने तयारीमा निर्माण टिम रहेका छन् ।

यूएनए प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको चलचित्रले नेपाल–जापानको सम्बन्ध, प्रेम, सपना र संघर्षको कथा भन्नेछ । सन् २०२६ मा रिलिज लक्ष्य राखिएको चलचित्रको छायांकन नेपाल, जापान र फिलिपिन्समा हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्