‘माग्ने राजा’ टिजर: रमाइला संवादको साथका केदारका विभिन्न रुप


सानो पर्दा हुँदै नेपाली चलचित्र सम्म दर्शकलाई हसाउँदै आएका केदार घिमिरे ‘माग्ने बुढा’ पहिलोपटक मुख्य भूमिकामा देखिदैछन्। माग्ने बुढाबाट ‘माग्ने राजा’ बनेका केदारको चलचित्रको टिजर सार्वजनिक भएको छ। रमाइला संवाद प्रयोग गर्दै तयार पारिएको टिजरमा केदार नै केन्द्रिय भूमिकामा रहेका छन् ।

केदार घिमिरेका भिन्न स्वरुप देखिने चलचित्रमा विल्सन विक्रम राई केदार घिमिरेको भान्जा बनेको देख्न सकिन्छ । विल्सन र केदार घिमिरेको जोडी टेलिभिजनको पर्दामा माग्ने बुढा र तक्मे बुढाको जोडीको रुपमा परिचित छ । पौने दुई मिनेट लामो टिजरमा वर्षा सिवाकोटी र शिशिर वाङदेल पनि अटाएका छन् । टिजरले दुवैको भूमिकाको बारेमा भने उति धेरै खुलाएको छैन ।

केदार घिमिरेलाई पोस्टरमार्फत् नै भिन्न स्वरुपमा प्रस्तुत गरेर चर्चा कमाएको निर्माण टिमले टिजरमा पनि माग्नेलाई नयाँ स्वरुपमा प्रस्तुत गरेको छ । ‘माग्ने राजा’मा केदार घिमिरे पहिलो पटक मुख्य भूमिकामा देखिन लागेका हुन् ।

आरम्भ प्रडक्सनको ब्यानरमा मुनाल घिमिरेको प्रस्तुतकर्ता र मधुसुदन शर्मा निर्माता रहेको चलचित्रलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् ।चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, सामीप्यराज तिमल्सेनाको लेखन, सुजिल कर्माचार्यको पाश्र्व संगीत र मित्र गुरुङको सम्पादन रहेको छ । भदौ ६ मा नेपालसँगै विदेशमा एकसाथ प्रदर्शनको तयारीमा चलचित्र रहेको छ।

प्रतिक्रिया दिनुहोस्