‘जहाजैमा’ प्रदिप खड्काको प्रवेश !


कृषा चौलागाईको निर्देशन मा तयार हुने चलचित्र ‘जहाजैमा’ कलाकारको लाइनअप रोचक बन्दै गएको छ । सौगात मल्ल, केदार घिमिरे र जापानीज अभिनेत्री रुजेल इचिमिया अनुबन्ध भैसकेको चलचित्रमा अभिनेता प्रदिप खड्काको इन्ट्री भएको छ । अभिनेत्री कृषाले प्रदिप र केदारसगंको तस्विर शेयर गरेकी छिन्।

उक्त तस्विरमा केदारले स्वागत छ लाला भन्दै कमेन्ट गरेका छन्। प्रदिप र केदारको यो पहिलो सहकार्य हो। सौगात र केदारको पनि यो पहिलो सहकार्य हो। प्रदिप, सौगात र कृषाले चलचित्र ‘पिताम्बर’ मा सहकार्य गरेका थिए । यूएनए प्रोडक्सनको ब्यानरमा उज्ज्वल गुरागाँइले निर्माण गर्ने यो चलचित्रलाई नेपाल, जापान र फिलिपिन्समा खिचिनेछ । हाल प्रि – प्रोडक्सनमा रहेको चलचित्रलाई पुरुषोतम प्रधानले खिच्नेछन् ..

प्रतिक्रिया दिनुहोस्