साइबर ब्युरोको उजुरीपछि एलिना र समिक्षाले भेटे गृहमन्त्री रमेश लेखक


पछिल्लो समय सामाजिक सञ्जालमार्फत भइरहेको अपमानजनक र अभद्र टिप्पणीहरूको भद्र विद्रोह गरिरहेकी गायिका एलिना चौहान अन्तत: साइबर ब्यूरो पुगेकी छिन्। अभद्र टिप्पणी गर्नेहरुको तस्विर सार्वजनिक गरिरहेकी एलिनाले हिजो साइबर ब्युरोमा उजुरी दिएको छिन् । साइबर ब्युरोमा उजुरी दिएपछि एलिना लेख्छिन्: ‘यो लडाइँ मेरो मात्र हैन, चरित्र हत्या गर्ने अधिकार कसैलाई छैन। साथ दिनु होला सबैले।’

साइबर ब्युरो पुगे लगतै एलिना र अर्की गायिका समिक्षा अधिकारिले गृहमन्त्री रमेश लेखकलाई समेत भेटेका छन् । लेखकलाइ भेटेपछि एलिना लेख्छिन्, म यहाँसम्म तपाईंहरूको माया र साथले आइपुगेकी हुँ। तपाईंहरूको समर्थन नै मेरो आत्मबल हो। तर सबैले सधैं राम्रै सोचून् भन्ने अपेक्षा गर्न सकिन्न, त्यो स्वाभाविक हो। तर जब कुराहरू व्यक्तिगत जीवनमा आच पुर्‍याउने तहमा पुग्छन्, गालीगलौज र चरित्र हत्या जस्ता कार्यहरू भइरहन्छन्, त्यो सह्य हुँदैन।
जसले यस्ता कुरा गरिरहेका छन्, ती मेरो फ्यान होइनन् — ती त मेरो मन दुखाउन चाहने मात्र हुन्। त्यसैले आत्म-सम्मानको रक्षा गर्न बाध्य भई मैले कानुनी प्रक्रिया अघि बढाएकी छु। यो कुनै रिस वा घृणाले होइन, आफ्नो अस्तित्वको सुरक्षा गर्ने अधिकारले उठाइएको कदम हो।
यस विषयमा आवश्यक सहयोग प्रदान गर्नु भएकोमा माननीय गृहमन्त्री श्री रमेश लेखकज्यूलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईंहरूको साथ र सद्भावनाले मलाई अझ अघि बढ्ने हिम्मत दिएको छ। ‘

प्रतिक्रिया दिनुहोस्