दया र प्रकाशले सुरु गरे ‘मिरमिरे’ को छायांकन


यम शेर्पाको निर्देशनमा तयार हुने चलचित्र ‘मिरमिरे’ को छायांकन सुरु भएको छ । एक हप्ता वर्कसपमा गरेर शनिबारबाट पनौती नगरपालिका वडा नं. ११ बल्थलीस्थित लड्केश्वर आधारभूत विद्यालयमा क्यामेरा पूजा गर्दै छायांकन थालेको हो । काभ्रेका विभिन्न स्थानमा ३५ दिनको सेड्युलमा चलचित्रको छायांकन हुनेछ। यो चलचित्रमा पहिलोपटक अभिनेताद्वय दयाहाङ राई र प्रकाश सपूतले सहकार्य गरेका छन्।

दया र प्रकाशसंगै चलचित्रमा सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा लगायतको अभिनय रहनेछ। चलचित्रमा बाल-कलाकार शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल रहेका छन् । यार्सा फिल्म्सको प्रस्तुति रहने चलचित्रको कथा निर्देशक शेर्पा स्वयंको हो ।

चलचित्रमा निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेका छन् भने सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर र ईश्वर श्रेष्ठ रहेका छन्। चलचित्रका कार्यकारी निर्माता वितरक रोहित कट्टेल छन्। निर्माण टिमले यहि बर्ष चलचित्र रिलिजको तयारीमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्