रोहितको ‘भाइटीका’ मा विपिन कार्की !
निर्माता रोहित अधिकारीको निर्माणमा तयार भएको चलचित्र ‘माइतिघर’ यहि बर्षको दशैँको फूलपातीमा रिलिज हुँदैछ। मल्टिस्टार रहेको चलचित्रलाई लिएर चलचित्र क्षेत्र र दर्शकमा अपेक्षा रहेको छ । आफ्नो एक चलचित्र रिलिज नहुदै रोहितले अर्को चलचित्र निर्माणको घोषणा गरेका छन्।

‘भाइटीका’ शिर्षकमा तयार हुने चलचित्रमा अभिनेता विपिन कार्कीले काम गर्ने बुझिएको छ। निर्माण टिमसंग सम्झौता भैसकेको बताइए पनि यो कुरा सार्वजनिक गरेको छैन। चलचित्रमा विपिनले केहि रकम लिएर शेयरमा काम गर्ने तयारीमा रहेका छन्। केहि चलचित्रमा असफलता भोगेका विपिनलाई ‘ऊनको स्विटर’ सफलताले राहत दिएको छ। सधै उच्च मागमा रहने विपिनको यो सफलताले झन् माग बढेको छ।
दीपक वलीको कथा तथा निर्देशनमा तयार हुन लागेको चलचित्रमा महेश दवाडीको लेखन, शम्भुजित बास्कोटाको संगीत रहनेछ । चलचित्र आगामी बर्षको तिहारको आसपासमा रिलिज गर्ने सोचमा निर्माण टिम रहेको छ ।