फागुन १ देखि ‘जहाजैमा’ रिलिज तय, कर्माको अभिनय रहने


चलचित्र ‘जहाजैमा’ ले आफ्नो प्रदर्शन मिति तय गरेको छ। कृषा चौलागाईको निर्देशनमा तयार हुने चलचित्रले फागुन १ गतेलाई रिलिज मिति रोजेको छ। निर्माणपक्षले आर.आर फिल्मस्सँग वितरणको सहकार्य गर्दै फागुनको १ गतेबाट फिल्म रिलिज गर्ने घोषणा गरेको हो ।

भदौबाट छायांकनमा जाने तयारीमा रहेको चलचित्र यतिबेला प्रि- प्रोडक्सनको काममा व्यस्त रहेको छ। जापानबाट चलचित्रको छायांकन सुरु गर्ने तयारिमा निर्माण टिम रहेको छ। चलचित्रमा केदार घिमिरे, सौगात मल्ल, जापानीज नायिका रुजेल इचिमिया, कर्मा फाइनल भइसकेका छन् ।

कर्मासंग निर्माण टिमले आज सम्झौता सार्वजनिक गरेको हो। चलचित्रमा अभिनेता प्रदिप खड्का पनि रहने सम्भावना रहेको छ । अभिमन्यू निरवीको लेखन, पुरुषोत्तम प्रधानको डीओपी रहनेछ । यूएनए प्रोडक्सनको व्यानरमा निर्माण हुने चलचित्रमा उज्ज्वल गुरागाँइको लगानी रहनेछ। चलचित्रलाई नेपाल, जापन र फिलिपिन्समा खिचिनेछ ।

प्रतिक्रिया दिनुहोस्