नेपाल, भारत र पाकिस्तानमा एकसाथ रिलिज हुँदै ‘कल्ली’


लक्ष्मण सुनारको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र नेपाली र हिन्दी भाषामा रिलिज गर्ने तयारी निर्माण टिमले गरेको छ। फागुन १ गतेबाट नेपाल मा रिलिज तयारीमा रहेको चलचित्र अव नेपालसंगै भारत र पाकिस्तानमा पनि एकसाथ रिलिज हुनेछ । चलचित्रका निर्माता किरण नेपालीले दिएको जानकारी अनुसार, नेपालमा नेपाली भाषामा रिलिज हुने चलचित्र भारत र पाकिस्तानमा भने हिन्दी भाषामा रिलिज गरिने निर्माणपक्षको भनाई छ ।


चलचित्रलाई भारतमा एम.के फिल्म डिस्ट्रिब्यूटर, पाकिस्तानमा हिप्पो फिल्मस्ले वितरण गर्नेछन् । नेपालमा भने चलचित्रको वितरण काफिया र कुबेर फिल्मस्ले गर्नेछन् ।


चलचित्रमा सौगात मल्ल, उत्तम प्रधान, वेनिशा हमाल, नाजिर हुसेन, अर्पण थापा, वर्षा राउत, सुलक्षण भारती लगायतका कलाकारहरुको अभिनय छ । ‘कल्ली’को फस्टलुक सार्वजनिक भएसँगै यसको चर्चा बजारमा राम्रो छ । लेकाली इन्टरटेन्मेन्ट प्रालि र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा महेश दवाडीको लेखन छ ।

प्रतिक्रिया दिनुहोस्