विल्सन विक्रम राईको ‘मैझारो’ मा धिरज मगर अनुबन्ध


हास्यकलाकार तथा अभिनेता विल्सन विक्रम राई ‘तक्मे बुढा’ को चलचित्रमा धिरज मगर अनुबन्ध भएका छन्। तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रको नाम ‘मैझारो’ राखिएको छ।


सोमबार निर्माण पक्ष र धीरज मगर बीच चलचित्रका लागी औपचारिक सम्झौता भएको छ। चलचित्रको लेखन तथा निर्देशन विल्सन विक्रम राइले गर्नेछन् । यो उनको डेव्यु निर्देशकीय चलचित्र हो ।


यस चलचित्र अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत रहनेछ भने सौरभ लामाले छायांकन गर्नेछन्। निर्माण टिमका अनुसार अन्य कलाकारहरूको नाम चाँडै सार्वजनिक गरिनेछ। साउनको पहिलो हप्ताबाट छायांकन हुने चलचित्रलाई ईलाम र पाँचथरका रमणीय स्थानहरूमा खिचिनेछ। निर्देशक राइका अनुसार चलचित्रमा सामाजिक कथावस्तुमा आधारित रहेर पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थ प्रस्तुत गरिनेछ।

प्रतिक्रिया दिनुहोस्