‘मैझारो’ मा एकसाथ धिरज मगर र मिरुना मगर


अभिनेता धिरज मगर र अभिनेत्री मिरुना मगर पछिल्लो समयका रुचाइएका कलाकार हुन्। दुवैको फ्यान क्रेज पनि आकर्षक रहेको छ। अझ दुवैलाई संगै चलचित्र हेर्ने रहर दर्शकले लामो समयबाट गरिरेहका थिए। अव भने दर्शकले यो जोडीलाई चलचित्रमा निरन्तर देख्न पाउने भएका छन्।

कुस्तीमा सहकार्य गरेको यो जोडी अव चलचित्र ‘मैझारो’ मा पनि एकसाथ देखिने भएको छ। विल्सन विक्रम राइको निर्देशनमा तयार हुने चलचित्रमा केहि दिन अगाडी धिरज अनुबन्ध भएका थिए । अव चलचित्रमा सहकार्यका लागी विल्सन र मिरुना बीच पनि सम्झौता भएको छ। इलाम र पाँचथरमा खिच्ने चलचित्र साउनको पहिलो साता फ्लोअरमा जाने तयारीमा रहेको छ। पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थतालाई देखाउने चलचित्रको कथा विल्सनले नै लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्