३ घण्टामा ट्रेण्डिङ्ग नम्बर ३ मा दुर्गेश, सिसन र गुराँस नानीको गीत
सामाजिक संजालमा व्यग्र प्रतीक्षाको साथमा हेरिएको दुर्गेश थापा, सिसन बानियाँ र गुराँस नानीको गीत रिलिज भएको छ। ‘जाने भए जाम माया’ बोलको गीत निर्माण टिमले आज रिलिज गरेको छ। दर्शकका लागी यो गीत कति प्रतिक्षित रहेको थियो भन्ने कुरा यसले पाएको भ्युज र प्रतिक्रियाले स्पष्ट हुन्छ।

रिलिज भएको ३ घण्टामा यो गीत नेपालको म्युजिक सेक्सनको तेश्रो नम्बर ट्रेण्डीङ्गमा रहेको छ। गीतले हालसम्म २ लाख ७१ हजार बढी दर्शकको भ्युज र झन्डै ९ हजार प्रतिक्रिया पाएको छ। दुर्गेश थापा, सिसन बानिया र अल्हाजी गेरोको स्वर रहेको गीतमा दुर्गेशको शब्द संगीत रहेको छ।
शिब बिकले निर्देशन गरेको भिडियोमा दुर्गेश थापा, सिसन बानिया र अल्हाजी गेरोको सथा गुराँस नानिको अभिनय रहेको छ। निकै रमाइलो भिडियोलाइ दर्शकले रुचाएका छन् । हरि हुमागाई र उनको टिमले खिचेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन् ।