दुर्गेश थापाको गीतको एकपछि अर्को रेकर्ड


गायक तथा पर्फमर दुर्गेश थापाले सिसन बानियाँ र ग्रिश्मा राई (गुराँस नानी) संग सहकार्य गरेको नयाँ गीत ‘जाने भए जामा माया’ ले युट्युवमा एकपछि अर्को कृतिमान राख्दै गएको छ। रिलिज को ३ घण्टामा नै ३ नम्बर ट्रेण्डिङ्गमा पर्न सफल भएको गीत विश्वका विभिन्न देशमा यो सफलता हासिल गर्न सफल भएको छ ।

रिलिजको २४ घण्टाभित्र सर्वाधिक भ्यूज पाउने नेपाली गीतको रेकर्ड यसले बनाएको छ । गीतलाई २० घण्टामै १६ लाख ३६ हजारभन्दा धेरै पटक हेरिएको थियो। यस अगाडी १५ लाख पटक हेरिएर बिष्णु माझिको तीज गीतले यो रेकर्ड राखेको थियो। दुर्गेशले २४ घण्टामा यो गीत २० लाख पटक रियल टाइममा हेरिएको स्क्रिन सट शेयर गरेका थिए । त्यस्तै यो गीत अमेरिकामा ट्रेण्डिङ्गमा पर्ने पहिलो गीत बन्न सफल भएको थियो। हाल यो गीत हो भ्युज २९ लाख बराबर पुगेको छ।

प्रतिक्रिया दिनुहोस्