कहिले रिलिज होला दया र मिरुनाको ‘जारी २’ ?
उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘जारी २’ दर्शकको लागी प्रतिक्षित रहेको छ । दयाहाङ राई र मिरुना मगरको जोडी रहेको यो चलचित्रको पहिलो भाग सुपरहिट बनेको थियो । सोहि कारण पनि यो चलचित्रको दोश्रो भाग दर्शकका लागी प्रतिक्षित रहेको छ। नयाँ बर्षको अवसर पारेर दशैँमा रिलिज घोषणा गरिएको चलचित्र यतिबेला पोष्ट प्रोडक्सनको काममा रहेको छ।

सम्पूर्ण छायांकन सम्पन्न भएको चलचित्रको औपचारिक रिलिज डेट लक गरिएको छैन। बाँसुरी फिल्म्सको निर्माणमा तयार भएको चलचित्र कहिले आउला भन्ने कौतुहलता दर्शक र चलचित्र क्षेत्रमा पनि रहेको छ। यो चलचित्रले अझै पनि अनुकुल रिलिज मिति हेरिरहेको बुझिएको छ। असोज ३ गते चलचित्र रिलिज हुने चर्चा सुरु भएको छ। तर यो मिति पनि औपचारिक भने हैन। तर फूलपातीसम्मको झन्डै १३ दिनको रिलिज समयको फाइदा उठाउने सोचको यो चलचित्रको टिम रहेको बुझिएको छ। दशैँ आसपासको समय नै उपयुक्त हुने सोचमा रहेको निर्माण टिमले अव कहिले औपचारिक रिलिज मिति तय गर्छ त्यो भने हेर्न बाँकि रहेको छ ।
चलचित्रमा ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मनहाङ लावती, विष्णु मोक्तान, कमलमणी नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई, सिर्जना निङलेखुको अभिनय रहेको छ।