‘जहाजैमा’ अभिनेत्री बर्षा शिवाकोटी अनुबन्ध


कृषा चौलागाईको निर्देशनमा तयार हुने चलचित्र ‘जहाजैमा’ अभिनेत्री बर्षा शिवाकोटी अनुबन्ध भएकी छिन्। यो चलचित्रमा केदार घिमिरे, सौगात मल्ल, जापानी चलचित्रमा अभिनय गर्दै आइरहेकी फिलिपिनो अभिनेत्री रुजेल इचिमिया र कर्मा यस अगाडी नै अनुबन्ध भैसकेका छन्।

प्रि–प्रोडक्सनको काममा व्यस्त रहेको चलचित्रको टिमले भदौमा जापानबाट छायांकन सुरुवात गर्ने तयारीमा रहेको छ । यूएनए प्रोडक्सनको व्यानरमा निर्माण हुने चलचित्रमा उज्ज्वल गुरागाईंको लगानी रहनेछ। यो चलचित्रलाई फागुन १ गतेबाट रिलिज गर्ने तयारीमा निर्माण टिम रहेको छ । चलचित्रलाई आर.आर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्