नीताको निर्देशनमा ‘पार्वती’ बन्ने, दिपाश्री निरौला फाइनल


अभिनेत्री निता ढुंगानाको निर्देशनमा चलचित्र ‘सुख–दुःख’ निर्माणको घोषणा भैसकेको छ । यो चलचित्रलाई बलिउड छायाँकारहरुले खिच्ने पनि पक्का भैसकेको छ। यो चलचित्र आगामी बर्षको दशैमा रिलिज गर्ने तयारी निर्माण टिमको रहेको छ। यो चलचित्र अगाडी नीताले चलचित्र ‘पार्वती’ निर्देशन गर्ने भएकी छिन्।

तस्विर श्रोत: न्युज फिल्मी

नीताको डेव्यु निर्देशकीय चलचित्र ‘पार्वती’ बन्नेछ। यो चलचित्रका लागी कलाकारको रुपमा दिपाश्री निरौला फाइनल भएकी छिन्। पछिल्लो समय दिपा एकपछि अर्को चलचित्रमा काम गरिरहेकी छिन्। यो चलचित्रलाई भदौमा छायांकन गर्ने तयारीमा नीता रहेकी छिन्। दिपा बाहेकका अन्य कलाकार नीता अष्ट्रेलियाबाट फर्किएपछी सार्वजनिक गर्ने तयारीमा निर्माण टिम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्