‘मोहर’ प्रचारका लागी मोसफल दौडमा पल र बेनिशा
पल शाह र बेनिशा हमाल चलचित्र ‘मोहर’ को प्रचारमा जुटेका छन्। साउन २३ गतेबाट रिलिज तयारीमा रहेको चलचित्रको प्रचारका लागी बुटवल पुगेका छन्। पल र बेनिशा फिचर गीत ‘झुम झुम’ ले राम्रो प्रतिक्रिया पाइरहेको छ। यहि गीतमा दर्शकसंग दुवै नाचिरहेका छन्। पल र बेनिशा यहि चलचित्र को प्रचारका लागी बुटवल पुगेका छन्। उनीहरुले दर्शकसँग चलचित्रको बिषयमा साक्षात्कार गरेका छन् ।

चलचित्रका लेखक तथा निर्देशक ओम प्रतिक, निर्माता चुम्बन जंग शाही, मुख्य सहायक निर्देशक गिरिराज घिमिरेको साथमा नायक पल शाह र नायिका बेनिशा हमाल बुटवलका क्याम्पस र स्कुलमा पुगेका हुन् ।
दर्शकसँग साक्षात्कार गर्ने क्रममा नायक पलले ‘मोहर’ सबै परिवारले हेर्ने कथा भएको बताए । कार्यक्रममा पलले फ्यानहरुसँग साक्षात्कार पनि गरे । पलले भने–‘एउटा कलाकारले कमाउने भनेकै दर्शकको माया हो । यो माया सजिलै कमाउन सकिदैन ।’
चलचित्रको टिमले कलेज, स्कुलसँगै रोट्राक्टमा आवद्ध विभिन्न व्यक्तिहरुसँग पनि साक्षात्कार गरेको थियो । पल र बेनिशालाई भेट्न पाउँदा दर्शक उत्साहित देखिए । उनीहरुले, ‘मोहर’ को प्रतिक्षा गरिरहेको बताएका थिए ।
देउकी प्रथामा आधारित रहेर तयार पारिएको यो चलचित्रमा पल र बेनिशाको साथमा नीति शाह, अर्जुन जंग शाही, रवीन्द्र झा लगायतका कलाकारहरुको अभिनय छ । फिल्म मेकर्स प्रा.लिको व्यानरमा यो चलचित्र निर्माण भएको हो ।