‘मैझारो’ मा दिया पुन अनुबन्ध


विल्सन विक्रम राईको पहिलो निर्देशकीय चलचित्र ‘मैझारो’ मा कलाकारको लाइनअप बलियो बन्दै गएको छ। धिरज मगर र मिरुना मगरको जोडीलाई प्रस्तुत गर्ने तयारी गरिएको चलचित्रमा अर्की अभिनेत्री दिया पुन अनुबन्ध भएकी छिन्। यी तीनसंगै चलचित्रमा सुनिल थापा र पुस्कर गुरुङ्गपनि चलचित्रमा अनुबन्ध भैसकेका छन्।

शनिबार निर्देशक राईले दियालाई औपचारिक रुपमा अनुबन्ध गरेका हुन् । ‘वीर विक्रम’ बाट अभिनेत्रीको रुपमा डेब्यु गरेकी दियाले केहि सफल चलचित्रमा अभिनय गरेकी छिन्। हिमाल आरोहणका कारण पनि उनि चर्चामा रहने गर्छिन्।

तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको ‘मैझारो’ पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थतामा आधारित भएर बन्ने जनाइएको छ । साउन पहिलो साताबाट छायांकन हुने चलचित्रलाई पूर्वी जिल्ला इलाम र पाँचथरका रमणीय स्थानहरूमा खिचिनेछ ।

अनमोल गुरुङ र तोरेम्पा हाङ राईले संगीत दिने चलचित्रमा गीतमा राजेश पायल राई, अस्मिता अधिकारी, झुमा लिम्बू र अनमोल गुरुङको स्वर रहनेछ । निर्देशक राई स्वयंको लेखन रहेको चलचित्रमा सौरभ लामाको छायांकन रहनेछ ।

प्रतिक्रिया दिनुहोस्