मिलनको ‘सुम्निमा’ मा उपासना र कुन्साङको जोडी
मिलन चाम्सको निर्देशनमा तयार हुने नयाँ चलचित्र ‘सुम्निमा’ नायक कुन्साङ बोम्जोम अनुबन्ध भएका छन्। चलचित्र ‘बिर बिक्रम’,’लिली बिलि’,’ब्लाइण्ड रक्स’,’बबी’ ’गोर्खा वारियर’,’अञ्जिला’,जस्ता फरक फरक जनराको चलचित्र निर्देशन गरेका चाम्स आफ्नो नयाँ चलचित्रको तयारीमा केहि समय देखि लागेका छन् ।

यो चलचित्रमा अभिनेत्रीको रुपमा उपासना सिंह ठकुरी अनुबन्ध भैसकेकी छिन्। ‘दान्भी’ डेव्यु नायक कुन्साङको यो दोश्रो चलचित्र हो। मोड्लिङ्ग र म्युजिक भिडियोमा सक्रिय रहेका कुन्साङको लुक्स, हाइट र फिजिक्स आकर्षक रहेको छ। यहि कारण उनको लोकप्रियता राम्रो रहेको छ। कुन्साङ र उपासना केहि ब्रान्ड भिडियोमा देखिएका छन्।

दुवैको जोडी आकर्षक देखिने अपेक्षा गरिएको छ । गोर्खा फिल्मस र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने चलचित्र प्रेमकथामा आधारित भएर निर्माण हुनेछ । राजीव थापाको लेखनमा बन्न लागेको चलचित्रको आगामी अगस्टमा लण्डन र नेपालमा छायांकन हुने बताईएको छ ।