‘जदौ’ मा नीति र प्रभातको जोडी


चलचित्र ‘जदौ’ को कलाकार लाइनअप पूर्ण बन्दै गएको छ। मुकुन भुषाल, नीति शाह, ऋचा शर्मा, बिनोद न्यौपाने लगायतका कलाकारलाई अनुबन्ध गरिएको चलचित्रमा मोडल प्रभात पाल ठकुरीको प्रवेश भएको छ। प्रि- प्रोडक्सनमा रहेको चलचित्रको टिम र प्रभात बीच सहकार्यको सम्झौता भैसकेको छ। चलचित्रमा प्रभात र नीतिको जोडी देखिने छ।

अन्तर–जातीय प्रेम कथामा निर्माण हुने चलचित्र ‘जदौ’ मा प्रभात प्रमुख मध्येका एक अभिनेता रहेको बताइएको छ । चलचित्रका निर्देशकको नाम सार्वजनिक गरिएको छैन।

चलचित्रका लेखक तथा निर्माण परिकल्पनाकार काजी लिम्बू हुन्। सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माण रहने चलचित्रको सह–निर्मातामा रामराजा सुवेदी, ओम चेम्जोङ, सुमित्रा देवकोटा र नारायण शास्त्री छन् । चलचित्रको छायांकन भदौ पहिलो साताबाट सुरु हुनेछ। बाबुल गिरीको संगीत अनि श्याम तामाङको छायांकन रहने चलचित्र दाङ तथा प्युठानका बिभिन्न स्थानमा खिचिने छ ।

प्रतिक्रिया दिनुहोस्