‘राष्ट्रिय चलचित्र पुरस्कार २०८१’ मा विजय र उपासना उत्कृष्ट, अरु को को परे ?
चलचित्र विकास बोर्डको आयोजना रहने ‘राष्ट्रिय चलचित्र पुरस्कार’ २०८१ सम्पन्न भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सोमबार ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८१’ भएको हो । यो अवार्डमा ‘पूर्ण बहादुरको सारंगी’ बाट अभिनेता विजय बराल र ‘खुस्मा’ बाट उपासना सिंह ठकुरी उत्कृष्ट अभिनेता-अभिनेत्री घोषित भएका छन्। त्यस्तै ‘शाम्बाला’ उत्कृष्ट चलचित्र घोषित भयो भने मिन बहादुर भाम उत्कृष्ट निर्देशक घोषित भए ।

नेपाली चलचित्र क्षेत्रका दिग्गज कलाकार, निर्माता, निर्देशक तथा पत्रकारहरूको सहभागिता अवार्डमा रहेको थियो। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी सभापति र सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ विशेष अतिथिको रूपमा उक्त समारोहमा सहभगी रहेका थिए।
‘राष्ट्रिय चलचित्र पुरस्कार २०८१’ विजेताहरूको सूची:
१ उत्कृष्ट चलचित्र: शाम्बाला
२ उत्कृष्ट अभिनेता: विजय बराल (पूर्ण बहादुरको सारंगी)
३ उत्कृष्ट अभिनेत्री: उपासना सिंह ठकुरी (खुस्मा)
४ उत्कृष्ट निर्देशक: मीनबहादुर भाम (शाम्बाला)
५ उत्कृष्ट सम्पादक: भरत रेग्मी (पुजार सार्की)
६ उत्कृष्ट छायाकार: पुरुषोत्तम प्रधान (पिताम्बर)
७ उत्कृष्ट लेखन: दीपकराज गिरी (छक्का पञ्जा ५)
८ उत्कृष्ट आदिवासी मातृभाषी चलचित्र: गालय् वन (नेपाल भाषा)
निर्णायक समिति प्रोत्साहन पुरस्कार
अभिनेता प्रदीप खड्का (पुजार सार्की)
विशेष योगदान सम्मान
प्रेम सुब्बा (कलाकार)
देविका वन्दना (गायिका)
दीर्घ गुरुङ (छायाकार)
अनुप बराल (कलाकार/निर्देशक)
परशुराम चौधरी (कलाकार/निर्देशक)
सुरक्षा पन्त (कलाकार)
नकिम उद्दिन (प्रदर्शक)
उत्तम केसी (कलाकार)
अन्जु रञ्जितकार (कलाकार)
निखिल उप्रेती (कलाकार/निर्देशक)
विशेष चलचित्र पुरस्कार
चे (लिम्बु)
दिलसरा (मगर)
मरणोपरान्त विशेष योगदान सम्मान
प्राविधिक (प्रकाश व्यवस्थापक) स्व. श्रवण मास्के (वि.सं. २०४६ मा चलचित्र ‘चिनो’ छायाङ्कनको क्रममा निधन भएको थियो)
चलचित्र दीर्घ साधना सम्मान
निर्देशक लक्ष्मीनाथ शर्मा