‘जहाजैमा’ मार्फत हिरो बन्दै अनुभव रेग्मी


कृषा चौलागाईको निर्देशनमा तयार हुने चलचित्र ‘जहाजैमा’ यतिबेला प्रि- प्रोडक्सनमा रहेको छ । सौगात मल्ल, केदार घिमिरे, कर्मा शाक्य, वर्षा सिवाकोटी र जापानी अभिनेत्री रुजेल इचिमिया अनुबन्धित भैसकेको चलचित्रमा एक कलाकारको अनुबन्ध रोचक बनेको छ। प्रदिप खड्का देखि अनमोल केसीसम्मलाई अफर गरिएको भनेको रोलमा अनुभव रेग्मी अनुबन्ध भएका छन्। चलचित्रका लागी प्रदिपको समय नमिलेको बताइएको छ। भदौमा उनी अर्को चलचित्रको छायांकनमा व्यस्त हुनेछन् । अनमोललाई पनि चलचित्रको अफर गरिएको बुझिएको छ।

बाल कलाकारको रुपमा नेपाली चलचित्र क्षेत्रमा आफुलाई अब्बल प्रमाणित गरेका अनुभवको ठुलो भएपछीको यो पहिलो चलचित्र बन्नेछ। निर्माण टीमले उनीसंग सम्झौता गरेको बुझिएको छ। तर निर्माण टिमले औपचारिक खबर भने सार्वजनिक गरेको छैन। यो चलचित्रलाई चाडै नै एक कार्यक्रमको बीच औपचारिक घोषणा गर्ने तयारीमा निर्माण टिम रहेको छ। यूएनए प्रोडक्सनले निर्माण गर्न लागेको चलचित्रको छायांकन आउँदो भदौबाट जापानमा सुरु गरिँदैछ। नेपाल र फिलिपिन्समा पनि छायांकन हुने बताइएको चलचित्र फागुन १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ। चलचित्रका निर्माता उज्जवल गुरागाईं हुन् ।

प्रतिक्रिया दिनुहोस्