‘माग्ने राजा’को गीत ‘म त सुतेर उठेको पैसामा’ सार्वजनिक


भाद्र ६ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘माग्ने राजा’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रमा समावेश दोस्रो गीत ‘म त सुतेर उठेको पैसामा’ सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार केदार घिमिरे (माग्ने बुढा), विल्सन विक्रम राई (तक्मे बुढा) र बालकलाकार रोनिश खड्का फिचर्ड छन् ।

संगीतबार बाबुल गिरीको स्वर रहेको गीतको संगीत, शब्द रचना तथा एरेञ्ज समेत स्वयं गिरिको हो । उनलाई चाइल्ड भर्सनमा चलचित्रका कलाकार समेत रहेका रोनिश खड्काले गायनमा साथ दिएका छन् । गम्भिर बिष्टको कोरियोग्राफी रहेको गीतको अडियो तथा भिडियो उत्कृष्ट देखिन्छ ।


चलचित्रलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् । चलचित्रका प्रस्तुतकर्ता तथा निर्माता मुनाल घिमिरे हुन् । आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रमा केदार र वर्षासहित पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी र टिकटकर मोडल पवित्रा साकी उर्फ मिस पबीको अभिनय छ । नरेन्द्र मैनालीले खिचेको चलचित्रमा अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका रहेको छ । चलचित्रमा सामीप्य राज तिमल्सेनाको कथा, पटकथा तथा संवाद र दीपक शर्मा बाबुल गिरीको संगीत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्