आ बाट आमा’ मा पल शाह र सिम्रन पन्तको जोडी
चन्द्र पन्तको निर्देशनमा तयार हुने चलचित्र ‘आ बाट आमा’ मा अभिनेत्री सिम्रन पन्त जोडिएकी छिन्। निर्माण टिम र सिम्रन बीच कागजी सम्झौता भैसकेको छ। चलचित्रमा उनको जोडी पल शाहसंग बाँधिनेछ। ‘होस्टेल ३’ चलचित्रबाट नेपाली रजतपटमा डेव्यु गरेकी सिम्रनले पहिलो चलचित्रबाट नै प्रशंसा पाएकी थिइन्।

चलचित्रमा यस अगाडी अभिनेत्री विपना थापा, साथै तेलुगु, हिन्दी र तमिल चलचित्रका चर्चित अभिनेता प्रदीप रावत अनुबन्ध भइसकेका छन्। अभिनेता रावत यसअघि चन्द्र पन्तकै निर्देशनमा बनेको चलचित्र ‘ह्रस्वदीर्घ’ मा देखिएका थिए, जहाँ उनले अभिनेत्री नीता ढुंगानाका बुबाको भूमिकामा अभिनय गरेका थिए। यो चलचित्रमा उनले पल शाहको बुबाको भूमिका निर्वाह गर्नेछन्।
आर्या इन्टरटेन्टमेन्टको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्र आउँदो भदौबाट छायांकनमा जाने तयारीमा छ। निर्माता पक्षले प्रदीप रावत, विपना, पलका साथै अन्य कलाकार र प्राविधिक टिम पनि छिट्टै टुंगो लगाउने जनाएको छ। चलचित्र फागुन १५ गतेबाट रिलिज हुनेछ।