‘कबड्डी’ जोडी दया र रिश्माको ‘रिमै’ टिजर रिलिज


‘कबड्डी’ चलचित्रमा दर्शकले अत्याधिक प्रेम दिएको जोडी दयाहाङ राई र रिश्मा गुरुङ्गको नयाँ चलचित्र ‘रिमै’ को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा यी दुईको साथमा अर्पण थापा र गौमाया गुरुङ्गलाई पनि प्रमुख स्थान दिईएको छ ।

एसएल फिल्म्स प्रालि र रोटेपिङ्ग इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको चलचित्रलाई उपेन्द्र सुब्बाले लेखेका छन् । टिका गुरुङ्ग, जित यात्री गुरुङ्ग र धुन बहादुर घले निर्माता रहेको चलचित्रलाई खिल बहादुर गुरुङ्गले निर्देशन गरेका छन्। बिरबल घले कार्यकारी निर्माता रहेको चलचित्रको सह-निर्माता राजेश घिमिरे, रोशन भट्टराई र बिनु गुरुङ्ग रहेका छन्।

चलचित्रमा कविता आले, पुस्कर गुरुङ्ग, बुद्धि तामाङ्ग, माओत्से गुरुङ्ग लगायतका कलाकारको अभिनय रहेको छ। यो चलचित्र भदौ २० गतेबाट रिलिज हुनेछ। शैलेन्द्र डी कार्कीले खिचेको चलचित्रमा मित्र डी गुरुङ्गको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्