मिलन चाम्सको ‘सुम्निमा’ मा अनुप विक्रम शाही
मिलन चाम्सको निर्देशनमा तयार हुने चलचित्र ‘सुम्निमा’ मा अभिनेता अनुप विक्रम शाही अनुबन्धित भएका छन्। मिलन र अनुपको यो चौथो सहकार्य हो। यस अगाडी दुबैले ‘हँसिया’, ‘वीर विक्रम’ र ‘लिली बिली’ मा सँगै काम गरिसकेका छन्।

अनुप विक्रम शाहीका अनुसार, ‘सुम्निमा’ मा उनले अहिलेसम्मको करिअरमा नभोगेको नयाँ खालको चरित्र निर्वाह गर्नेछन्, जसका लागि उनी हाल तयारीमा जुटेका छन्। गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको सहनिर्माणमा बन्ने यो चलचित्रमा उपासना सिंह ठकुरी र कुन्साङ बमजन अनुबन्ध भैसकेका छन्। अन्य कलाकार तथा प्राविधिक टोलीको चयनको काम अझै जारी रहेको चाम्सले बताए। राजीव थापाको लेखनमा बन्ने यो चलचित्रको छायांकन आउँदो अगस्टमा लन्डन र नेपालमा हुने बताइएको छ।