चलचित्र निर्देशनमा अर्जुन घिमिरे ‘पाँडे’
हास्य टेलिशृंखला ‘सक्किगोनी’ टिमले केहि समय अगाडी चलचित्र ‘लाज शरणम्’ निर्माण गर्यो। जेपिटी क्रिएसनबाट निर्माण भएको चलचित्रलाई कुमार कट्टेल ‘जिग्री’ ले निर्देशन गरेका थिए। जेपिटी क्रिएसनका प्रमुख मध्येका एक अर्जुन घिमिरे पाँडे पनि अव चलचित्र निर्देशनमा जुटेका छन्।

उनको निर्देशनमा बन्ने चलचित्रको नाम ‘झरी पछिको इन्द्रेणी’ राखिएको छ। सुशिल कडरियाले निर्माण गर्ने चलचित्रको निर्माण अनुमती चलचित्र बिकास बोर्डबाट लिईएको छ। यो चलचित्रको कथा कुमार व्यन्जनकरले लेखेका छन्।
पशुपति शिवजी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमामा निर्माण हुने चलचित्रको अहिले स्क्रिप्टको काम भैरहेको बुझिएको छ। स्क्रिप्टको काम सकिएपछि कलाकार सार्वजनिक गर्दै सुटिङ्गमा जाने तयारी रहेकोछ ।