दया र तेरियापछि ‘मितज्यू’ मा सौगात मल्लको प्रवेश
अभिनेता सौगात मल्ल अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको चलचित्र ‘मितज्यू’ मा अनुबन्धित भएका छन्। निर्माण टिमले बिहीबार उनलाई औपचारिक रूपमा अनुबन्ध गर्दै कलाकार टोलीलाई थप मजबुत बनाएको घोषणा गरेको हो।

यसअघि चलचित्रका लागि दयाहाङ राई, तेरिया मगर र स्मीता लामिछाने अनुबन्ध भइसकेका छन्। अब सौगातको आगमनसँगै दयाहाङ र सौगातको शक्तिशाली पुनर्मिलन हुने भएपछि चलचित्रप्रति दर्शकको उत्साह झनै बढेको निर्माण पक्षको विश्वास छ। चलचित्रका निर्माता जनक घर्ति मगर हुन्। जनक र अनिलले चलचित्र ‘घरज्वाइँ’ मा सहकार्य गरेका थिए।
‘जि.एम. मुभिज प्रोडक्सन प्रा.लि.’को ब्यानरमा निर्माण हुने यो चलचित्र मंसिर दोस्रो हप्तादेखि पोखरा आसपास र ढोरपाटन क्षेत्रमा छायांकन सुरु गर्ने तयारीमा छ। चलचित्र यहि बर्षको अन्त्यमा रिलिज गर्ने तयारीमा निर्माण टिम रहेको छ ।