पल, बेनिशा र नीतिको मोहर ट्रेलर रिलिज
चलचित्र ‘मोहर’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा चलचित्रका मुख्य कलाकार पल शाह, बेनिशा हमाल र नीति शाहलाई स्पेस दिईएको छ। यी तीन संगै कलाकारहरु लक्ष्मी गिरी, अर्जुन जंग शाही र बाल–कलाकार सारा शर्माको वरिपरी ट्रेलर घुमेको छ । देउकी प्रथालाई मुख्य बिषयवस्तु बनाएको चलचित्रको ट्रेलरमा थुप्रै आरोह अवरोह देखिन्छ । पलको बेनिशा र नीतिसँगको प्रेमले पनि अर्थपूर्ण कथा भन्न खोजेको देखिन्छ । एउटी बालीकालाई देउकी चढाउने बिषयबाट उठान भएको चलचित्रको ट्रेलरले दर्शकलाई फिल्मप्रतिको चासो बढाउने देखिन्छ ।

सस्पेन्स, थ्रीलरको साथमा प्रेम, विछोड र बदलाको कथामा तयार भएको चलचित्र साउन २३ मा रिलिज हुँदैछ । फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण गरिएको चलचित्रमा ओम प्रतिकको लेखन तथा निर्देशन छ र चुम्बन जंग शाही निर्माता रहेका छन् ।
चलचित्रमा पल शाह, अर्जुन जंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशिल देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नविन खतिवडा, अर्जुन आचार्य र बाल कलाकार सारा शर्माको मुख्य भूमिका छ । रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रमा कुमार महर्जनको एक्सन छ ।