चलचित्र ‘जनै हराएको मान्छेको गीत ‘मसुरीको दाना’ सार्वजनिक
चलचित्र ‘जनै हराएको मान्छे : ‘सम्बन्धका धागाहरू’ को गीत सार्वजनिक भएको छ । ‘मसुरीको दाना’ बोलको गीतमा अञ्जु पन्त र एसडी योगीको स्वर , हर्क साउदको शब्द र एसडी योगीको संगीत छ ।

सुनिल क्षेत्रीको कोरियोग्राफी गरेको गीतको भिडियोमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरब पहाडी लगायत कलाकार लाई देख्न सकिन्छ । हिमाल न्यौपानेले निर्देशन गरेको चलचित्रमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर लगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रको एसोसिएट निर्देशमा मनिष राउत छन् ।
भानुभक्त ढकालको कथा, पटकथा र संवादमा तयार भएको यो चलचित्रलाई पेपरक्लिपको ब्यानरमा कमल न्यौपाने र विमल न्यौपानेले निर्माण गरेका हुन् ।चलचित्रको कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।