दिपेन्द्रले सुरु गरे ‘क्याप्टेन साब’ को छायांकन


असार २६ गते गौरीघाटमा शुभमुहूर्त गरिएको चलचित्र ‘क्याप्टेन साब’को छायांकन सुरु भएको छ । आज (शनिवार) ढुंखर्क, बेथानचोक काभ्रेपलाञ्चोबाट छायांकन सुरु भएको हो । दीपेन्द्र के खनालले निर्देशन गर्ने चलचित्र ‘क्याप्टेन साब’ क्याप्टेन तथा सञ्चार उद्यमी रामेश्वर थापाको बायोपिक हो ।


काठमाडौं ,चितवन, काभ्रे र वीरगञ्जमा छायांकन हुने चलचित्रको छायाँकार कृष्णबहादुर थापा हुन्। पटकथा प्रडक्सन, यार्सा स्टुडियो र रिच इन्टरटेन्मेन्टको प्रस्तुति रहेको यस चलचित्रमा अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री सुरक्षा पन्त र सञ्जोग रसाइली मुख्य भूमिकामा छन् ।


चलचित्रको निर्मातामा निर्देशक दीपेन्द्र स्वयंसँगै करण श्रेष्ठ र श्रृष्टिमा खनाल छन् । कार्यकारी निर्मातामा सिर्जना नापित छिन् ।निर्देशक दीपेन्द्र के खनालकै लेखन रहेको चलचित्रमा सौगात बस्नेत मुख्य सहायक निर्देशक हुन्। क्याप्टेन थापाको संस्मरणात्मक कृति ‘इन्टो द फायर’ (बारुदमाथि उड्दा) मा आधारित भएपनि उनको जीवनका उतारचढावसँगै सिनेम्याटिक लिबर्टी लिएर पूर्ण मनोरञ्जनात्मक चलचित्र बनाइने निर्देशक खनालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्