‘कमेडी दरबार’ टिमले निर्माण गर्दै ‘ककाकिकी’, एकसाथ तृप्ति, गौरी र रेखा


चर्चित टेलिभिजन कार्यक्रम ‘कमेडी दरबार’को समूहले चलचित्र निर्माण गर्ने भएको छ। ‘ककाकिकी’ शिर्षक राखिएको चलचित्र सोमबार एक पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरेइको हो। चलचित्रलाई बिक्की अग्रवाल र श्रद्धा प्रसाईँले निर्देशन गर्नेछन् ।

चलचित्रक कलाकारको लाइनअप पनि रोचक रहेको छ। यो चलचित्रको मुख्य भूमिकामा तृप्ति नाडकर, रेखा थापा, गौरी मल्ल र महेश त्रिपाठीलाई देख्न सकिनेछ। यही चलचित्रबाट तृप्तिले डेढ दशकपछि कमब्याक गर्न लागेकी हुन् । पोस्टरमा तृप्ति र गौरी बुढ्यौली गेटअपमा रेखासँग लडिरहेका देखिन्छन् । महेश भने टाउकोमा हात राखेर गम्भीर हास्यभाव प्रस्तुत छन् ।

श्रद्धा प्रसाईँ र सुमित्रा थापाले निर्माण गर्ने चलचित्रमा मिस पबी, पवन खतिवडा ‘म्याकुरी’, हिमेश पन्त, सुजता श्रेष्ठ, विश्वास तिमल्सेना, सीडी विजय अधिकारी लगायतको पनि अभिनय रहने जनाइएको छ । सुमन अग्रवालको कन्सेप्ट तथा बिक्की अग्रवालको पटकथा रहेको चलचित्रलाई सुदीप बरालले खिच्नेछन् । असोज १७ गतेबाट चलचित्रको छायांकन सुरू गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्