शान्ति श्री परियारको ‘तीजमा लुखुरी माइत दुगुरी’ सार्वजनिक
तीज नजिकिदै गर्दा यो बर्ष पनि तीजका गीतहरु सार्वजनिक हुन् थालेका छन्। यहि बीचमा शान्ति श्री परियारको आवाजमा रहेको नयाँ गीत ‘तीजमा लुखुरी माइत दुगुरी’ सार्वजनिक भएको छ। शान थापाको शब्द रहेको गीतमा ऋषि खड्काको संगीत रहेको छ ।

शान थापाको निर्देशनमा तयार रहेको भिडियोमा सुशिला थापा र करिश्मा केसीको अभिनय रहेको छ । अर्जुन तिवारी र उनको टिमले खिचेको भिडियोलाई विवेक सुनारले सम्पादन गरेका छन् । राजिव समरले भिडियोको कोरियोग्राफी गरेका छन्।