एकपछि अर्को चलचित्रको टिमसंग जितू नेपालको खटपट !


अभिनेता जितू नेपालले एकपछि अर्को चलचित्रमा अनुबन्ध भएका खबर धमाधम बाहिरिएका थिए। ‘छक्का पन्जा’ ब्यनारबाट बाहिरिएपछि जितु एकपछि अर्को चलचित्रमा देखिए। केहि चलचित्र रिलिज भए भने केहि निर्माणको तयारीमा रहेका छन्।

तर पछिल्लो समय भने जितूका चलचित्र मेकर्ससंगको अनबनका खबर बाहिरिन थालेका छन्। निर्माण टिमसंगको मतभेदका कारण उनले चलचित्र ‘परालको आगो’ छाडीसकेका छन्।

यहि बीचमा अर्को चलचित्रको टिमसंग पनि उनको खटपट भएको बुझिएको छ। बर्षा शिवाकोटीसंग जोडी बाँधेर शुभमुहर्त समेत गरिएको ‘कार्की साइँला’ का निर्देशकसंग उनको अनबन भएको बुझिएको छ । निर्देशक राजेन्द्र बस्नेतसंग उनको मतभेद भएको बुझिएको छ। उनले स्क्रिप्ट देखि लोकेसन सम्म हस्तक्षेप गर्न खोजेको खबर बाहिरिएको छ। यो बिषयमा जितूले आफ्नो धारणा सार्वजनिक गरेका छैनन्। तर बाहिरिएका खबरमा सत्यता भएमा त्यो भने सोचनीय बिषय हुनेछ ।

प्रतिक्रिया दिनुहोस्