‘अभिमन्यु : च्याप्टर–१’ को नयाँ पोस्टर मा के छ ?
भदौ २७ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ को नयाँ पोस्टर रिलिज भएको छ। निर्माण टिमले चलचित्रका कलाकारका मुड दर्शाउने विभिन्न पोष्टरहरु सार्वजनिक गर्दै गएको छ। खुसी र तनाव सञ्चार गर्ने कलाकारहरूको भावसहितको सार्वजनिक पोष्टरमा चलचित्रका शीर्ष ६ पात्र छन् । पोष्टरमा कामेश्वर चौरसिया, शिशिर वाङदेल, प्रकाश दाहाल, गौमाया गुरुङ, लक्ष्मी बर्देबा र सरिता गिरी छन् ।

यो पोस्टरमा पनि सरकारी कार्यालय छुटेको छैन । जिल्ला कारागार मोरङ छ । अर्को एक सरकारी कार्यालय पनि देखिएको छ । तर, कुन हो प्रष्ट छैन । चलचित्रको हिन्दी भर्सन असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा वल्र्डवाइड रिलिज हुने निर्माता विनोद पौडेलले जानकारी दिएका छन् । चलचित्रले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा भन्ने बताइएको छ ।
सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको चलचित्रलाई सुशान्त गौतमले निर्देशन गरेका छन् । यो उनको डेब्यु निर्देशन हो । मुकेश खनालको लेखन रहेको चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन् । विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको चलचित्रमा रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता र विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ कार्यकारी निर्माता रहेका छन्।