चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’ को ट्रेलर सार्वजनिक


चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरले तेस्रोलिंगी महिलाले आफ्नो पहिचान खुलाउन गरेको संघर्ष देखाइएको छ। सानैदेखि महिलाको पहिरन मन पराउने छोरोलाई बाउले लाउरे बनाउन जबरजस्ती दिएको दबाबाट कसरी ऊ बाहिर निस्किन्छ ट्रेलरमा देखाइएको छ ।


चलचित्रका लागी नाजिर हुसेनले गरेको मिहेनत ट्रेलरमा स्पष्ट देख्न सकिन्छ। आफ्नो लैंगिक पहिचान स्थपित गर्न उनले भोगेको र गरेको संघर्ष ट्रेलरमा प्रस्तुत गरिएको छ। नाजिरसंगै ट्रेलरमा विशाल पहारी, संचिता लुइँटेल, अनुपम श्रेष्ठ, निशा बजगाई लगायतका कलाकारलाई देख्न सकिन्छ। समुन्द्र भट्टको निर्देशनमा तयार भएको चलचित्र भदौ १३ गतेबाट रिलिज हुँदैछ।

चलचित्रमा नाजिर हुसेन, संचिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ, विशाल पहारी, निशा बजगाई लगायतका कलाकारको अभिनय रहेको छ। नेपालको पहिलो पूर्णरूपको ट्रान्स स्टोरीमा निर्मित यो चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले किनेको छ ।

चलचित्रको सम्पूर्ण पोस्ट प्रोडक्सनको काम बाहिर गरिएको छ । चलचित्रमा हलिउडकी कलाकार लिजा जेरार्डले स्वर दिएकी छिन् भने ब्याकग्राउन्ड म्युजिकको सम्पूर्ण काम मार्सेलो दी फ्रान्सिसीले गरेका छन् । हलिउड चलचित्र ‘ग्ल्याडिएटर– २’ मा लिजाले स्वर दिएकी थिइन् ।

यो चलचित्र नेपाली फिल्म प्रोडक्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त कोल्याबोरेसनमा बनेको हो । चलचित्रमा आकाश बुढाथोकी र भि–भन्से जानुबोनको लगानी छ । चलचित्रको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् भने अनुपम श्रेष्ठ चलचित्रका सहयोगी निर्माता हुन् । आलोक शुक्लाले खिचेको चलचित्रमा लेखु सहयात्रीको गीत रचना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्