हलमा रिलिज भयो नीता ढुंगानाको ‘रियाल रिङ्गेट’
चलचित्र ‘रियाल रिङ्गेट’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ। प्रवासी नेपाली श्रमिकको सङ्घर्ष, पीडा र यथार्थ कथा समेटिएको चलचित्रलाई प्रिमियरमा रुचाइएको थियो । प्रिमियरमा दर्शकहरूले चलचित्रको कथा, अभिनय, सङ्गीत र विशेष गरी सामाजिक सन्देशको खुलेर प्रशंसा गरेका थिए। चलचित्रलाई दर्शकले ‘लाखौँ नेपालीहरूको जिन्दगीको ऐना’ भएको प्रतिक्रिया दिएका थिए।

चलचित्रको प्रमुख भूमिकामा प्रमोद चौलागाईं र निता ढुङ्गाना छन्। छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी, सीमा केसी, सन्दीप तामाङ, सुवास थापा मगर, विशाल थापा लगायत दर्जनौँ कलाकारहरूको पनि यसमा अभिनय छ।
रेबेल फिल्मसको ब्यानरमा गगनलाल प्रधानले निर्माण गरेको तथा विभोर पोखरेलले निर्देशन गरेको यस चलचित्रका लेखक प्रदीप भारद्वाज हुन् भने, छायाङ्कन भारत, चितवन, काठमाडौं र लेटाङमा गरिएको हो।