‘मोहर’को वियोगान्त गीतमा पल, नीति र बेनिशाको पीडा


साउन २३ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘मोहर’ को नयाँ गीत ‘सपना हो की विपना हो कि जिन्दगी’ सार्वजनिक भएको छ ।


थानेश्वर गौतम र शान्ती श्री परियारको स्वर रहेको यो गीतमा प्रभा बर्तौलाको शब्द, थानेश्वर गौतमकै संगीत छ ।
सार्वजनिक गीत वियोगान्त छ । गीतले चलचित्रका पात्रहरुको वियोगान्त कथा बोलेको छ ।

फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण भएको यो चलचित्रका निर्माता चुम्बन जंग शाही हुन् । ओम प्रतिकको लेखन तथा निर्देशन रहेको चलचित्रमा पल शाह, अर्जुन जंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, दत्त पण्डित, गीता थापा, नविन खतिवडा, अर्जुन आचार्य लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्