दया र प्रकाशको ‘मिरमिरे’ को प्रदर्शन मिति तय
छायांकनरत चलचित्र ‘मिरमिरे’ ले आफ्नो प्रदर्शन मिति तय गरेको छ। यम शेर्पाको निर्देशनमा तयार भैरहेको चलचित्र माघ १ गतेबाट प्रदर्शनमा आउने भएको छ। नायिका सिर्जना निङलेखुको जन्मदिनको अवसर पारेर चलचित्रको प्रदर्शनको घोषणा गरिएको हो ।

असार २१ गतेबाट छायांकन भैरहेको चलचित्र करिव दुई सातामा प्याकअप हुने बताइएको छ। यो चलचित्रमा दयाहाङ राई, प्रकाश सपुत, सिर्जना निङलेुख, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, बाल–कलाकारहरु साइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय छ । यार्सा फिल्मस्को प्रस्तुति रहेको रहेको चलचित्रमा निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पाको लगानी र रोहित कट्टेल कार्यकारी निर्माताको रुपमा रहेका छन्। आलोक शुक्लाको छायांकन चलचित्रमा रहेको छ ।