कस्तो छ सुरक्षा पन्तको चलचित्र ‘बुकी’ को पहिलो झलक ?


चलचित्र ‘बुकी’ को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ । मोहन केसीको निर्देशनमा निर्माण भएको चलचित्रको निर्माण पक्षले शनिबार पोष्टर सार्वजनिक गरेको हो ।

हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्मसको प्रस्तुति रहेको चलचित्रको पोष्टरमा नाम बोक्ने बुकी फूल छ, जुन झपक्क फूलेको छ ।लेकाली भूगोलको चौरलाई नजिकै आउँदै गरेको कुहिरोले डम्म छोप्न लागेको छ । चौरमा एक पुरुषसहित सात महिला छन् । जो भलिबल खेलिरहेका छन् ।

बुकी फूल हिमाली क्षेत्रमा वर्षाको समयमा फुल्ने गर्छन् । स्थानीय बासिन्दाले हिमाली क्षेत्रका पाटनलाई बुकी भन्ने हुँदा त्यहाँ फुल्ने फूललाई बुकी फूल भन्ने गरिएको हो । यो चलचित्रले खेलकुद तथा प्रकृतिबिचको सम्बन्धको कथा भन्ने छ । चलचित्रको कार्यकारी निर्मातामा प्रकाश आले र राजन केसी छन् । निर्मातमा लक्ष्मण सापकोटा, अमिशा काउचा थापा, रमेश थापा लगायत छन् ।

चलचित्रमा सुरक्षा पन्त, देबेन्द्र बब्लु, रोशनी कार्की, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमलसिना, गानु जोशी, अनु दाहाल, सन्दिप बाबु लोहनी, निशा बजगाईं लगायतको अभिनय रहेको छ। विकास गन्दर्भको डीओपी रहेको चलचित्रमा भुपेन्द्र अधिकारीको सम्पादन छ । चलचित्र ‘बुकी’को छायाकंन काठमाडौ, पोखरा, बाग्लुगंको ढोरपाटन लगायतका क्षेत्रमा गरिएको हो । प्रदर्शन मिति तय नभएको यो चलचित्रलाई २०२६ भित्र रिलिज गर्ने निर्माण पक्षले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्